हतियार फिर्ता गर्न माओवादी नेतालाई सूचना

Ladakusकाठमाडौं, १० वैशाख । निजी सुरक्षाका लागि भन्दै नेकपा–माओवादी नेताहरूले राखेको सबै हतियार २० दिनभित्र फिर्ता गर्न सरकारले सूचना जारी गरेको छ । यसअघि मन्त्रिपरिषद्ले हतियार फिर्ता गराउने निर्णय गरेको थियो ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख मसान्तभित्र सबै हतियार सरकारलाई बुझाउन सूचना जारी गरेको हो । गृहले सूचना आºनो वेबसाइटमा पनि राखेको छ ।
विस्तृत शान्ति–सम्झौताअनुरूप माओवादी उच्च नेताहरूले व्यक्तिगत सुरक्षाका लागि भन्दै हतियार राखेका थिए । त्यसरी राखिएका ९४ थानमध्ये ३२ थान हतियार नेकपा–माओवादीसँग रहेका सरकारले जनाएको छ । तीमध्ये सात थान हतियार प्रहरीले विभिन्न चेकजाँचका क्रममा बरामद गरिसकेको छ । बाँकी २५ थान हतियार फिर्ता गर्न सरकारले भनेको छ ।
सरकारले जारी गरेको सूचनामा माओवादी र हतियार प्रयोग गर्ने व्यक्तिहरूको नाम भने उल्लेख गरिएको छैन । स्रोतका अनुसार माओवादी अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रविक्रम चन्दलगायतको सुरक्षाका लागि हतियार राखिएका थिए ।
सरकारी सूचनामा वैशाख मसान्तभित्र हतियार नबुझाए अवैध घोषित गरी कानुनअनुसार कारबाही गरिने उल्लेख छ । यसअघि नै माओवादी लडाकुको रेखदेख, समायोजन र पुन:स्थापनासम्बन्धी विशेष समितिले हतियार बुझाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया