निशा र अर्जुन अनुमतिविनै सगरमाथा चढ्दै

हाई अल्ट्चि्युट वर्करका रूपमा सगरमाथा चढ्न लागेको खुलासा 
सोलुखुम्बु : अभिनेत्री निशा अधिकारी र अभिनेता अर्जुन कार्की गैरकानुनी रूपमा सगरमाथा आरोहण Nisha-Adhikariगर्न लागेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमति पत्र नलिइकनै उनीहरू विश्वको सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका छन् ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) मा सगरमाथा आरोहीको अनुमतिपत्र मन्त्रालयबाट आएको पत्रमा अभिनेत्री अधिकारी र अभिनेता कार्कीको नाम नभएपछि अनुमतिविनै सगरमाथा चढ्न लागेको खुलासा भएको हो ।
सेभन समिट ट्रेक एक्स्पिडिसनबाट सगरमाथा आरोहण गर्न लागेका उनीहरू अहिले सगरमाथाको आधार शिविरमा पुगेका छन् । कानुनी रूपमा पर्यटन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमतिपत्र नलिई आधार शिविरभन्दा माथि जाने अनुमति हुँदैन । तर, उनीहरू आधार शिविरभन्दा माथि गई फर्किएको उक्त आरोहीले बताए ।
सगरमाथा आरोहणको लागि आरोहण अनुमतिपत्र लिन दुई तीन महिना लाग्ने भएकाले उनीहरूलाई हाई अल्टिच्युट वर्करका रूपमा लगेको सेभेन समिट ट्रेक एक्स्पिडिसनका प्रमुख मिङमार शेर्पाले बताए ।
‘सगरमाथा आरोहण अनुमतिपत्र लिए पनि हाई अल्टिच्युट वर्करका रूपमा गए पनि मान्यता उत्तिकै हुन्छ’ शेर्पाले थपे पर्यटन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमति पत्र लिनु पर्दैन ? यसरी आरोहण अनुमति पत्र नलिई सगरमाथा आरोहण गर्दा राजस्व छली र कानुनविपरीत भएन र ? भन्ने प्रश्नमा शेर्पाले ‘नेपाली भएपछि आरोहण अनुमतिपत्र लिनु आवश्यकता देख्दिनँ, त्यसैले आरोहण अनुमतिपत्र नलिई हाई अल्टिच्युट वर्करको रूपमा पठाएको हँु ।
हाई अल्टिच्युट वर्कर र आरोहण दलको सदस्यको फरकफरक मान्यता हुने सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम संयोजक कपिन्द्र राईले बताए । ‘आरोहण दलको सदस्य र हाई अल्टिच्युट वर्करलाई मन्त्रालयले दिने प्रमाणपत्र छुट्टाछुट्टै हुन्छ, त्यसैले यसलाई एउटै भन्न मिल्दैन’ संयोजक राईले भने । ‘अहिलेसम्म जति पनि नेपाली आरोहीले सगरमाथा चढे सबैले राजस्व मिनाहा गराएर चढेका छन् ्, राजस्व मिनाहा गर्नका लागि क्याबिनेट बैठकले निर्णय गर्नुपर्छ,’ उनीहरूले पनि मन्त्रालयमा राजस्व मिनाहाका लागि निवेदन दिएको भए क्याबिनेटले निर्णय गथ्र्यो’ संयोजक राईले स्पष्ट पारे ।
अभिनेत्री अधिकारी र अभिनेता कार्की सगरमाथा आरोहण गर्दै छौँ भनेर भव्य पत्रकार सम्मेलन गरी आएका छन् । तर, हाई अल्टिच्युट वर्करका रूपमा आउँदा कसैले प्रायोजन गरेर आउनु नियम तथा नैतिकता विपरीत हो । नाम उल्लेख नगर्ने शर्तमा एक हाई अल्टिच्युट वर्करले खुलाए । उनले थपे ‘अभिनेत्री अधिकारीलाई मेगा बैंकले प्रायोजन गरेको छ र सो बैंकको लोगो अंकित झन्डा पनि लिएर आएकी छिन्, यो सबै कानुनविपरीत हो’ ती हाई अल्टिच्युट वर्करले बताए ।
पर्यटन मन्त्रालयका प्रवक्ता मोहन सापकोटाले निशा अधिकारी र अर्जुन कार्की हाई अल्टिच्युट वर्करका रूपमा गएको बताए । ‘हाई अल्टिच्युट वर्करको काम आरोहण दलका सदस्यलाई सगरमाथाको शिखरसम्म पुर्‍याउने मात्र हो । तर, अधिकारी र कार्कीले त्यस्तो काम गर्न सक्दैनन्, त्यसैले उनीहरूले आरोहण अनुमतिपत्र लिएर गएको भए राम्रो हुने थियो’ प्रवक्ता सापकोटाले भने ।
हाई अल्टिच्युट वर्करलाई एक्स्पिडिसन टोलीले तलब भक्ता दिनु पर्दछ तर उनीहरूलाई तलब भक्ता दिनुको सट्टा उल्टै सेभन समिटले दस/दस लाख रुपियाँ लिएको छ । सगरमाथा आरोहण गर्नका लागि स्वदेशी तथा विदेशीले प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर राजस्व बुझाउनु पर्दछ । (सौस)
संघलाई थाहा छैन
नवल खड्का, अध्यक्ष, कलाकार संघ
काठमाडौं : निशा र अर्जुन गैरकानुनी रूपमा सगरमाथा आरोहण गरिरहेको भन्ने मैले पनि सुनेको छु । तर, आधिकारिक रूपमा कुनै कुरा आएको छैन । बाहिर आएका कुरा सत्य होकी होइन बुझिरहेको छु । सधैँ सगरमाथा लैजाने संस्था र व्यक्तिमार्फत् उनीहरू सगरमाथा गएका हुन् । हामीले सबै कुरा (कानुनी प्रोसेसदेखि चाहिने स्वीकृतीसम्म) मिलाइसकेका छौँ कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिदिनुपर्‍यो भने उनीहरूले भनेकै त्यसैका आधारमा कलाकार संघको सदस्य भएका हिसाबले कार्यक्रम आयोजना गरेर सार्वजनिक गर्‍यौँ । उनीहरूले कलाकारसंघमा सगरमाथा जाने कुनै प्रोसेसका केही कागजात पनि देखाएका छैनन् । हामीलाई त्यससम्बन्धी केही थाहा नभएकोले अनुमति हेर्न तिर लागेनाँै । तर, अहिले आएर यो समाचार बाहिर आइरहेको छ । सत्य तथ्य के हो बुझ्छु र आवश्यक कदम चाल्छौँ । (सौस)

प्रतिक्रिया