महिलामाथि गोली प्रहार

काठमाडौं : पेप्सीकोलास्थित युरो किड्स् स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईमाथि शुक्रबार साँझ गोली प्रहार भएको छ । उनको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
स्कुलबाट फर्किदै गर्दा साँझ साढे आठ बजेतिर उनलाई गोली हानिएको प्रहरीले जनाएको छ । एक राउन्ड गोली हानेर आक्रमणकारीहरू फरार भएका थिए । पेटमा गोली लागेकी भट्टराईको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
आक्रमणकारीहरू राति अबेरसम्म फेला परेका छैनन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहका अनुसार आक्रमणकारीहरूको खोजी भइरहेको छ । (सौस)

प्रतिक्रिया