६ वर्षीया बालिकाको सामूहिक बलात्कार

Balatkar 4काठमाडौं, ७ वैशाख । तनहुँमा ६ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ । देवघाट–२ की ६ वर्षीया कमला गुरुङ (नाम परिवर्तन) लाई बिहीबार बेलुका स्थानीय युवाहरूले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको अभियोगमा प्रहरीले देवघाट–२ का १६ वर्षीय दीपक गुरुङ, १२ वर्षीय सुमन श्रेष्ठसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पीडित बालिकालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाएको छ । ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।
यसैबीच, भारतको राजधानी नयाँदिल्लीमा फेरि एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । सिन्धुपाल्चोक घर भएकी सुनिता तामाङ (नाम परिवर्तन)लाई बिहीबार राति बलात्कार गरिएको हो ।
नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार साउथ एक्स्टेनसन नजिकैबाट अपहरण गरी तीन जनाको समूहले उनलाई बलात्कार गरेको हो । बलात्कार गरेपछि सुनितालाई उनीहरूले नयाँदिल्लीस्थित नानकपुराको ºलाइओभरमा अर्धनग्न अवस्थामा छाडेका थिए । शुक्रबार बिहान सुनिता भेटिएकी थिइन् ।
बलात्कारमा संलग्नमध्ये दुई जनाको पहिचान भइसकेको छ । बलात्कारी एक जना नेपाली रहेको पाण्डेले बताए । भारतीय प्रहरीको सहयोगमा बलात्कारमा संलग्न नेपालीसहित तीन जना अभियुक्तको खोजी भइरहेको पाण्डेले बताए ।
बलात्कृत सुनिताको दिल्लीस्थित सदरजंग अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । पीडितको बयानका आधारमा बलात्कारीहरूको पहिचान भएको अध्यक्ष पाण्डेले बताए । गत वर्ष पनि एक नेपाली छात्राको भारतमा बलात्कार भएको थियो ।

प्रतिक्रिया