लोकतान्त्रिक शक्तिको बहुमत आवश्यक: पौडेल

Ramchandra-Poudelतनहुँ, ६ वैशाख । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुवीच सहकार्य गर्नुपर्ने बताएका छन् । उनले सहकार्यका लागि एमालेसहितका दलहरुले छलफल गर्नुपर्ने बताए ।
गृह जिल्ला तनहुँमा आज सञ्चारकर्मीसँग कुरागर्दै पौडेलले संविधान लेखनका लागि लोकतान्त्रिक शक्तिको बहुमत आवश्यक रहेको उल्लेख गरे । ‘नयाँ संविधान लेखनका लागि दुई तिहाई बहुमत आवश्यक पर्छ,’ उनले भने, ‘लोकतान्त्रिक शक्तिहरुवीचको सहकार्य र तालमेलले मात्रै बहुमत आउँन सक्छ ।’
उनले कांग्रेसको पक्षमा चुनावी माहौल निर्माण हुँदै गएको दाबी समेत गरे । कांग्रेसले निर्वाचनलाई जीवन मरणको रुपमा लिएको बताएका उनले मंसिर भित्रै निर्वाचन गराउन सबैले पहल गर्नुपर्ने बताए ।
उनले निर्वाचनमा आफूसहित सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवा प्रत्यक्ष तर्फ उम्मेद्वारी दिने बताए ।

प्रतिक्रिया