लिटिल प्रिन्सेस नेपाल २०१३ को अडिसन सम्पन्न

Sana-Tarunisकाठमाडौं : बालिकाहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना भइरहेको लिटिल प्रिन्सेस
नेपालमा सहभागीले पहिलो अडिसन सम्पन्न गरेका छन् । ८ देखि १२ वर्ष उमेर समूहका बालिकाहरूले सहभागिता जनाएको कार्यक्रम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना गरेको हो ।
८५ विद्यार्थी पहिलो अडिसनमा सहभागिता भए पनि ४० मात्र दोस्रो चरणममा प्रवेश गर्न सफल भएका छन् । छनोट भएका बालिकालाई व्यक्तित्व विकास, क्याटवाक, आत्माविश्वास, फेसियल एक्सप्रेसन, एटिट्युट, स्विमिङ, स्टेज पर्फमेन्स, एक्टिङ, प्राथमिक उपचार, आर्ट क्लास, कला तथा संस्कृतिको जानकारीका लागि भम्रणका साथै विभिन्न जानकारीमूलक कार्यक्रममा सहभागी गराइने छ । आगामी १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै छ । (सौस)

प्रतिक्रिया