युनाइटेड रोकियो, सिटी विजयी

लन्डन, ६ वैशाख । इंग्लिस प्रिमियर लिगमा उपाधि नजिक रहेको म्यानचेस्टर युनाइटेड बुधबार राति वेस्ट ह्यामद्वारा बराबरीमा रोकिँदा फुलहमलाई ३–० ले हराएर चेल्सीले शीर्ष तीनभित्र आफूलाई सुरक्षित बनाउने सम्भावना बलियो हँुदै लगेको छ ।

विगानसँग २–२ को नतिजा निकाले पनि लिगमा आफ्ना पाँच खेल बाँकी छँदा म्यान यु दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा १३ अंकले अगाडि रहेको छ । उसको भन्दा एक खेल कम खेलेको म्यान सिटीले बुधबार राति नै विगानलाई १–० ले पराजित गर्दै दोस्रो स्थानलाई बलियो बनाउँदै म्यान युलाई आंशिक दबाब कायमै राखेको हो । ३३ खेलपछि म्यान युको ८१ अंक छ । समान ३२ खेल खेलेका म्यान सिटीको ६८ र चेल्सीको ६१ अंक रहेको छ ।
दुईपटक अग्रता लिएर पनि विगानले त्यसलाई अन्तिम समयसम्म कायम राख्न सकेन । भ्यालेन्सिया र रविन भान पर्सीमार्फत म्यान यु दुई पटक खेल बराबरीमा ल्याउन सफल भएको हो । १७औँ मिनेटमा रिकार्डो भाज टेले गोल गरी वेस्ट ह्याम सुरुआती अग्रता दिलाएका थिए । ३१औँ मिनेटमा सिन्जी कागवाले मिलाएको अवसरमा भ्यालेन्सियाले गोल गरेभने ७७औँ मिनेटमा भान पर्सीले म्यान युलाई उद्धार गर्नुअघि मध्याह्नपछि नै मोहम्मद डिआमले वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।
खेलको अन्तिम समयमा कार्लेस टेभेजले गोल गरेपछि म्यान सिटी तीन अंक लिन सफल भयो । ८३औँ मिनेटमा यी अर्जेन्टिनी खेलाडीले एक्लो प्रयासमा गोल गरे । यता भेट्रान डिफेन्डर जोन टेरीले दुई गोल गरेपछि चेल्सीले तेस्रो स्थानमा आफूलाई सहज बनाउँदै म्यान सिटीविरुद्धको दबाब पनि कायम राख्न सफल भएको हो । टेरीले दुवै हाफमा गोल गर्नुअघि अर्का डिफेन्डर डेभिड लुइजले ३०औँ मिनेटमा चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा जुवान माटाको पासमा गोल गरेका टेरीले थप गोल ७१औँ मिनेटमा फर्नान्डो
टोरेसको सहयोगमा गरेका हुन् । जितसँगै चेल्सी एक खेल बढी खेलेर चौथो स्थानमा रहेको आर्सनलभन्दा एक अंकले अगाडि रहेको छ ।

प्रतिक्रिया