‘ठूला दलबीच चुनावी तालमेल हुदैन’

काठमाडौं : कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एजेन्डामा सहमत भए पनि संविधानसभा चुनावमा एमाओवादी र एमालेसँग तालमेल नहुने बताएका छन् ।
एमाओवादी–मधेसी र कांग्रेस–एमालेबीच चुनावी गठबन्धनको चर्चा चलिरहेका बेला नेता देउवाले ठूला पार्टीबीच चुनावी तालमेल नहुने दाबी गरेका हुन् । नेपाल तरुण दलले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा एमाओवादी, कांग्रेस र एमाले ठूला शक्ति भएको उल्लेख गर्दै उनले भने, यी दलहरुबीच एजेन्डामा सहमति भए पनि चुनावी तालमेल हुँदैन ।’ अहिलेको प्राथमिकता चुनाव भएको स्पष्ट पार्दै उनले असन्तुष्ट दललाई सहमतिमा ल्याई असारमा नभए मंसिरमा भए पनि चुनाव गर्नुपर्ने बताए । (सौस)

प्रतिक्रिया