कथित ‘डन’ दीपक मनाङ्गे प्रहरीसँग रुष्ठ

Deepak-Manangeकाठमाडौं, ५ वैशाख । कथित ‘डन’ राजीव गुरुङ अर्थात दीपक मनाङ्गेले आफूलाई प्रहरीले बारम्बार फसाउने गरेको आरोप लगाएका छन् ।
रकम गठीको आरोपमा पक्राउ परेर वैशाख–३ गते प्रहरीको थुनामुक्त भएका मनाङ्गेले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर पटक–पटक प्रहरीले आफूलाई दु:ख दिने गरेको गुनासो गरे । उनले भने, ‘पीडितलाई सहयोग गर्दाम पटक–पटक हनुमान ढोका पुग्नु परेको छ ।’
प्रहरीसँग आफ्नो कुनै समस्या नरहेको बताएका उनले भने, ‘प्रहरीले मागेको रकम दिने हो भने म कहिल्य पनि थुनिनु पर्दैन ।’

प्रतिक्रिया