जनकपुरका ओझालाई घरमै गोली प्रहार

Goli Prharधनुषा, ३ वैशाख । जनकपुर नगरपालिका–८ निवासी उपेन्द्र ओझालाई अपरिचित समूहले गोली प्रहार गरेर गम्भीर घाईते बनाएको छ ।
महोत्तरी जिल्ला ईटरुवा­८ घर भएका ५१ वर्षीय ओझालाई आज दिउँसो २ बजेर ४० मिनटमा आएको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
ओझा रामजानकी मेडिकल कलेजका संस्थापक अशोक सिंन्हाको घरमा बस्दै आएका थिए ।
नम्बर नखुलेको मोटर साइकलमा आएका अपरिचित २ जना ब्यक्तिहरुले घरको ढोका खोल्न लगाई छात्तिमा गोली प्रहार गरेर फरार भएको प्रहरी भनाई छ ।
गोली प्रहारबाट घाईते भएका ओझालाई उपचारार्थ अञ्चल अस्पताल जनकपुर लगिएको छ । गोली प्रहार गरेर फरार अभियुक्तहरुको खोजतलास भईरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया