मन्त्रिपरिषद्ले दलको मात्रै मुख ताक्नु बेठीक

Shankar-Pokhare-4काठमाडौं, २ वैशाख । एमालेका सचिव शंकर पोखरेलले निर्वाचनको वातावरण निर्माण गर्न अन्तरिम चुनावी मन्त्रिपरिषद्ले आफै प्रयास गर्नु पर्ने बताएका छन् । उनले सरकारले दलहरुको मुख ताक्न नहुँने बताए ।
‘दलहरुको मुख ताकेर मात्रै हुँदैन,’ काठमाडौंमा आज आयोजित कार्यक्रममा पोखरेलले भने, ‘निर्वाचनको वातावरण सरकारले बनाउनु पर्छ । सरकारले आफ्नो सक्रियता र गतिशीलता अब बढाउनु पर्छ ।’
उनले अहिलेको सरकार निर्माणको विकल्प नै सबै भन्दा खराव विकल्प भएकाले यो भन्दा खराव विकल्प जान नसकिने बताए । ‘आफू अनुकुलको सरकार बनाएर निर्वाचन गर्ने कुरा मान्य हुँदैन,’ उनले भने ।
नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपालले अहिलेको प्रक्रियामा स्वामित्व खोज्नु स्वभाविक भएको बताए ।
एमाओवादीका नेता वर्षामान पुनले अन्तरिम चुनावी मन्त्रिपरिषद्को काम गर्ने शैलीले असारमा हुने निर्वाचन हुन नसकेको आरोप लगाए ।
उनले असारको पहिलो साता भित्रै निर्वाचन गराउने सहमति अनुसार अनुभवीहरुलाई निर्वाचन आयोगमा ल्याएकोमा अहिलेको कार्यशैलीले मंसिरमा समेत निर्वाचन हुन नसक्ने उल्लेख गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देबले निर्वाचनका लागि आफ्नो पार्टी मुद्दामा आधारित गरेर सबैखाले गठबन्धन गर्न तयार रहेको स्पष्ट पारे ।

प्रतिक्रिया