लोकतान्त्रिक गठबन्धन आवश्यक छ: केसी

Arjun Narshing K cकाठमाडौं, ३१ चैत । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आगामी संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्न चुनावमा लोकतान्त्रिक शक्तिहरुवीच गठबन्धन आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता केसीले लोकतान्त्रिक शत्तिरुहरुको बहुमत भए मात्रै नयाँ संविधान निर्माण हुने बताए । ‘मुलुकको स्थायीत्व र विकासका लागि पनि संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिको गठबन्धन आवश्यक छ,’ उनले भने ।
उनले प्राविधिक कारणले असारको पहिलो साता निर्वाचन हुन नसकेको बताए । ‘अब मंसिर भित्रमा संविधानसभाको नयाँ निर्वाचन हुन्छ,’ नेता केसीको भनाई थियो ।

प्रतिक्रिया