‘माया पिरती’ सार्वजनिक

Maya-Piratiकाठमाडौं : लामो समय संगीतसाधनामा बिताएका चिरञ्जीवी भण्डारी (सिद्धान्त)को पहिलो लोकआधुनिक गीती एल्बम ‘माया पिरती’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा गीतकार किरण खरेल, रोयल्टी संकलन समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी, गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणि दाहाल, निर्देशक मोहन निरौला, शान्तिप्रिय, मुकेश आचार्य, सुमन वैरागीलगायतले को एल्बमको सामूहिक विमोचन भएको छ ।
कार्यक्रममा ‘मेरै भर पर’ बोलको म्युजिक भिडियो पनि देखाइएको थियो । ‘माया पिरती’ एल्बममा चिरञ्जीवी भण्डारीको एकल स्वर रहेको छ भने शब्द तेजप्रसाद पाण्डे र शंकर कँडेलको छ । तेजप्रसाद पाण्डे, सुरेश सेन्चुरी र अर्जुन पोखरेलको संगीत रहेको यस एल्बममा आउ माया लाम, म बादल बनी, सुहाउँदिन, म तिम्रो नजर, कति राम्री, मेरै भर पर–जस्ता ६ वटा गीतहरू समाविष्ट छन् । (सौस)

प्रतिक्रिया