बिमा कम्पनीको कारोबार बढ्यो

जनकपुर: धनुषामा बढ्दै गएको सवारी दुर्घटनाको कारण बिमा कम्पनीहरूको आर्थिक कारोबार बढ्दै गएको छ । जनकपुर बजारमा रहेको करिब नौ वटा बिमा कम्पनीहरूले तेस्रो पक्ष बिमा गरेबापत करिब वार्षिक पाँच करोडभन्दा बढीको कारोबार गर्दै आएका छन् ।
सम्पत्ति सुरक्षाको हिसाबले व्यापक र तेस्रो पक्ष अनिवार्य भए पनि बिमित वर्गबाट वर्तमान अवस्थामा थोरै बिमा शुल्कबाट तेस्रो पक्षको बिमा गराउनेहरूको संख्या अत्यधिक रहेको देखिन्छ ।
निर्जीवन सम्पत्तिको हकमा सुरक्षा प्रदान गर्नुपर्ने बिमाको मुख्य उद्देश्य रहेकाले वर्तमान अवस्थामा बिमाको बारेमा जनचेतना जगाउनु आजको आवश्यकता भएको छ । जनचेतनाको अभावले सम्पत्ति सुरक्षाको जिम्मेवारीको बोध कमदेखिने भएकाले घटना घटेपछि मात्र बिमा गराउने कार्यले जनचेतनाको कमी देखिएको छ ।

प्रतिक्रिया