पोखरा, २६ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदलाई नपुंशक र कठपुतलीको संज्ञा दिएका छन् ।
उनले रेग्मी नेतृत्वमा सरकार गठन हुनु आफूहरुको चाहना अनुरुप भए पनि चारदलको सिफरिसमा मन्त्री नियुक्त गरिएकाले नपुंशक र कठपुतली भन्दा अरु केही हुन नसकेको बताए ।
सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर्नका लागि दवाव दिन सुरु गरिएको हस्ताक्षर कार्यक्रमको आज पोखरामा सुरुवात गर्दै उनले वर्तमान सरकारले चुनाव गर्न नसक्ने वताए ।
निर्वाचन प्रयोजनका लागि कार्य गर्न खटिएका कर्मचारीले लिएका ल्याप्टपको सुरक्षा गर्न नसक्ने सरकारले चुनाव गर्ला भनेर आफूले सोच्न समेत नसक्ने थापाले बताए ।
‘असारमा निर्वाचन नहुने त निश्चित भयो,’ उनले, ‘मंसिरमा पनि यो सरकारले चुनाव गर्ला जस्तो छैन ।’
प्रतिक्रिया