चैते धान रोपाइँको चटारो

Dhanसिन्धुली, २५ चैत । सिन्धुलीका किसान चैते धान रोप्ने चटारोमा छन । जिल्लाको कमलामाई नगरपालिका क्षेत्र, कमलाखोज, मरिण क्षेत्र र तीनपाटन क्षेत्रका किसान यतिबेला चैते धानको रोपाइँमा व्यस्त छन् ।

चैतमा रोपेको धान किसानले असारमा काट्ने र फेरि धान रोप्ने गछ्र्रन् । जति चाँडो रोप्न सक्यो उति नै चाँडो धान पाक्ने भएकाले किसानहरू घामको समेत प्रवाह नगरी खेतमा काममा तल्लिन रहेको कृषक सुनिता शर्माले बताइन् । बेलामा चैते धान रोप्न भ्याइएन भने वर्षे धान रोप्न ढिला हुने भएकाले किसान यतिखेर बढी चटारोमा रहेका हुन् । वर्षे धान रोपाइँ हुने ठाउँको करिब ८० प्रतिशत क्षेत्रमा धान रोप्ने काम सकिएको कृषि विकास कार्यलयका बाली संरक्षण अधिकृत देवराज अधिकारीले बताए । अब एक साता भित्रमा सवै क्षेत्रमा चैते धान रोपिसकिने उनले बताए ।
सिन्धुलीको १४ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यस मध्ये ७ देखि १० प्रतिशत क्षेत्रमा चैते धान खेती गरिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको नगरपालिका क्षेत्रका १० भन्दा बढी वडा तथा १५ भन्दा बढ्री गाविसका किसानले चैते धानको खेती गर्छन् । कमलाखोज क्षेत्र, मरिण क्षेत्र र तीनपाटन क्षेत्रका किसानले व्यावसायिक रूपमा धान खेती गर्ने गरेका छन् । हर्दिनाथ १, राधा ४, सि.एच.४५ लगायतका स्थानीय चैते धानका जातहरूप्रति किसानहरूको आकर्षण वढिरहेको कृषि विकास कार्यालयले जनाएको छ ।
सिन्धुलीमा सम्भावना भएर पनि चैते धानले सोचे जति व्यवसायिकता पाउन नसकेको कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत अधिकारीले बताए । सिाचाइको पर्याप्त सुविधा भएको क्षेत्रमा चैते धान लगाइने भएकाले सिाचाईको पहुाच पुर्‍याउन सके जिल्लामा ४० प्रतिशत क्षेत्रमा चैते धानको व्यवसायिक खेती गर्न सकिने सिन कृषि कार्यलयले जनाएको छ । चैते धान खेतीवाट निकै फाइदा हुने भएकाले पानीको सुविधालाई हेरेर यसको खेतीमा लाग्न किसानहरुलाई कार्यालयले सल्लाह समेत दिएको छ ।

प्रतिक्रिया