प्रांगारिक खेतीतर्फ किसान

विपन्न परिवार जीविकोपार्जनतर्फ

नवलपरासी : नवलपरासीको दाउन्नेदेवी गाउँ विकास समितिका गरिब विपन्न समुदायका घरपरिवारलाई डेढ वर्षअघि लायन्स क्लब अफ जापानलेगरेको बाख्राको माध्यममार्फत यी समुदायका घर परिवार जीविकोपार्जनतर्फ उन्मुख हुन थालेको छ ।
०६८ सालमा आस्थाको ज्योति नेपाल संस्था र गैरनेपाली संगठनका तत्कालीन अध्यक्ष देवमान हिराचनको सहकार्यमा लायन्स क्लब अफ जापानको टोलीले सो ठाउँमा आएर गरिब र विपन्न वर्गका घर परिवारलाई बाख्रागरेको थियो । प्रति घर पाँच/पाँच वटाको दरले बाख्रा प्रदान गरिएको भए पनि हाल प्रत्येक घरमा १० देखि १५ वटा बाख्रा रहेका छन् भने केहीले खसीबोका बिक्री गरेर विपन्न समुदायले आफ्नो घर खर्चसमेत चलाउँदै आएका छन् । आफूहरूले बाख्राको मलसमेत करेसा बारीमा हाल्न पाएको र बाख्रा बिक्री गरेर दु:ख परेको बेला सामान्य खर्च चलाउनसमेत सजिलो भएको स्थानीय हीराबहादुर गुरुङको भनाइ छ ।
प्रांगारिक खेतीतर्फ किसान

नेपालगन्ज : उत्पादन स्वच्छ हुने, माटोको उर्वराशक्ति पनि बढ्ने भएपछि बाँके जिल्लाका अधिकांश कृषकहरू अहिले खेतीका लागि प्रांगारिक मलतर्फ आकर्षित भएका छन् । सरकारीस्तरबाट प्रांगारिक मल प्रयोग सम्बन्धमा अभियान सञ्चालन गरेपछि यहाँका कृषकहरूले त्यसको महत्त्व बुझ्दै गएकाले पनि उनीहरू त्यसप्रति आकर्षित भएका हुन् ।‘उत्पादन राम्रो हुने, माटोको उर्वराशक्ति पनि बढ्ने भएकाले आफूले खेतमा प्रांगारिक मल प्रयोग गर्न थालेको छु’ कृषि सेवा केन्द्र परसपुर बाँकेका कृषक सहजकर्ता अमर आचार्यले भने ।
जहातहीँ विषादी छरिएका तरकारी तथा अन्नबाली उपलब्ध भइरहेका बेला मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असरप्रति सजक बन्दै आफूले पनि प्रांगारिक मल प्रयोग गरिरहेको बाँके नौवस्ता गाभरका कृषक केवलप्रसाद शर्माले बताए । प्रांगारिक मलको प्रयोगले स्थानीय स्रोत, साधनको उपयोग हुनुका साथै खेती प्रणालीलाई विस्तार र उत्पादनमा पनि वृद्धि हुने तथा मानव स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउने कृषि विज्ञहरू बताउँछन् । अहिले मध्यपश्चिमाञ्चलका बाँके, बर्दिया, सुर्खेत, दाङलगायतका जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रमसँगै थालिएको प्रांगारिक खेती प्रणालीलाई अन्य जिल्लामा पनि क्रमश: विस्तार गर्दै लगिने योजनासमेत रहेको छ । (सौस)

प्रतिक्रिया