आगलागीबाट सिराहामा दश घर नष्ट

Sirahaसिराहा, २२ चैत । सिरहा जिल्लाको फुलकहाकट्टी–६ स्थित लबटोलीमा आज दिउंसो आगलागी हुंदा करिव दश घर र टहरा जलेर नष्ट भएका छन् ।
स्थानीय लोचन साहको घरबाट सल्केको आगोले जमाहिर मण्डल, जलेश्वर मण्डल, मुनी राम, धनिकलाल मण्डल, सिंहदल मण्डललगायतको घर टहरा जलेर नष्ट भएको हो । आगो स्थानीयले नियन्त्रणमा लिईसकेका छन् ।
आगलागीबाट घरटहरा जल्नुका साथै अन्न, लत्ताकपडा, गरगहना, रकम, कागजपत्र जलेका छन् । आगलागीबाट अन्दाजी ५ लाख मूल्य बराबरको धनमालको क्षति भएको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया