वार्ता टोली संयोजकद्वारा आत्मसमर्पण

Bara Districtबारा, २० चैत । जनतान्त्रिक तराई मुक्ति पार्टी (भगत सिंह) समूहका वार्ता टोली संयोजक मनोज मण्डलले जिल्ला प्रशासन कार्यालय बारा समक्ष आत्मसमर्पण गरेका छन् । मण्डलले प्रमुख जिल्ला अधिकारी थमन सिंह थापा समक्ष सोमबार हतियारसहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । यस अघि सोही पार्टीका केही नेता तथा कार्यकर्ताले पर्सा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उनले रिभल्वर १ थान, नलकटुवा पेस्तोल ९ नाल, सानो सिलिण्डर १ थान, स्टेपलाईजर १ थान, बारुद्ध २७ किलो, टाईम बममा प्रयोग हुने घडी ३ थान, सकेट १० थान र डेटोनेटर ३ थानसहित आत्म समर्पण गरेका हुन् ।

प्रतिक्रिया