एमएमसी दोस्रो

काठमाडौं : मनाङ–मस्र्याङ्दी क्लबले सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा दोस्रो स्थान हात पारेको छ । आइतबार भएको खेलमा मनाङ–मस्र्याङ्दीले एनआरटीलाई २–० ले पराजित गर्‍यो । मनाङलाई जित दिलाउने क्रममा शिव श्रेष्ठ र अनिल गुरुङले गोल गरे । ३३औँ मिनेटमा सबिन्द्र श्रेष्ठको ‘फ्री’किकमा हेड गर्दै शिवले मनाङलाई अग्रता दिलाएका थिए । यसैगरी, अनिलले ६५औँ मिनेटमा पेनाल्टीमा गोले गरे । सुवास गुरुङले सुजल श्रेष्ठलाई ‘डी’बक्समा फल प्रहार गरे पछि पाएको पेनाल्टीलाई अनिलले सहजै गोलमा परिणत गरे ।
खेलको पहिलो हाफमा मनाङका रक्षक मबाइल स्टेफन रातो कार्ड पाउँदै बाहिरिए पनि एनआरटीले यसको फाइदा लिन सकेन । जित हात पारको भए दोस्रो स्थान हात पार्ने सम्भावना रहेको एनआरटी पराजय पछि पाँचै स्थानमा सीमित रहेको छ । थ्री–स्टारले उपाधि जितिसकेको छ भने थ्री–स्टार क्लब र आर्मीबीच हुने अन्तिम खेलमा तेस्रो हुने टोलीको टुंगो लाग्नेछ । आर्मीले जित हात पारे तेस्रो हुनेछ अन्यथा फ्रेन्ड्स क्लबले तेस्रो स्थान पाउनेछ । (सौस्र)

प्रतिक्रिया