आगलागीबाट ११ घर नष्ट

रोल्पा : घोडागाउँ–२ मा आइतवार साँझ आगलागी हुँदा पाँचवटा घर र ६ गोठ जलेर नष्ट भएका छन् । आगलागीमा परी स्थानीय ६० वर्षीया वृद्धा पुतली खत्री गम्भीर घाइते भएकी छिन् ।
आगोले खत्रीको शरीरको ४० प्रतिशत भाग जलेको छ । घाइते खत्रीलाई स्थानीय स्वास्थ्यसंस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ । साँझ करिब ६ बजेतिर स्थानीय बलबहादुर खत्रीको घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको थियो । आगलागीबाट गोपाल खत्री, चित्रबहादुर खत्री, बोधिराम खत्री र गणेश शाहको घर गोठ जलेर नष्ट भएका छन् । (सौस)

प्रतिक्रिया