सैनिक मुख्यालयमा चिनियाँ राजदूत चुन्ताई

Chuntai-n-Gaurabकाठमाडौं, ११ चैत । प्रधानसेनापति गौरव शम्शेर जबरासँग नेपालका लागि चिनियाँ राजदूत उवा चुन्ताईले शिष्टाचार भेटबार्ता गरेका छन् ।
सैनिक मुख्यालय भद्रकालीमा आज भएको भेटबार्तामा दुई मुलुकका सैनिकको सम्बन्ध र अन्य विषयमा कुराकानी भएको हो । प्रधानसेनापति जबरा र राजदूत चुन्तालाईबीचको भेटबार्तालाई सैनिक जनसम्पर्क निर्देशनालयले शिष्टार भेटघाटको संज्ञा दिएको छ ।
नेपालका लागि राजदूतमा नियुक्ति भएपछि चुन्ताईले प्रधानसेनापति जबरासँग पहिलो पटक भेट गरेका हुन् ।

प्रतिक्रिया