सुनसरीमा पारपाचुके बढ्यो

इटहरी, ११ चैत । सुनसरीमा पति/पत्नीबीच सम्बन्धविच्छेद गर्ने क्रम बढेको पाइएको छ । जिल्ला अदालत सुनसरीमा सम्बन्धविच्छेदका लागि पर्ने मुद्दाको संख्यामा भएको वृद्धिले यस्तो अवस्था देखाएको हो । वैदेशिक रोजगारमा जाने दम्पतीबीच सम्बन्धविच्छेदका घटना दर्ता हुने क्रम बढेको अदालतले जनाएको छ ।

जिल्ला अदालतका रजिस्टार विष्णु गिरीले चालु आर्थिक वर्षको आठ महिनामा सम्बन्धविच्छेदका लागि निवेदन दिनेको संख्या १ सय ८८ पुगेको जानकारी दिएका छन् । सम्बन्धविच्छेदका लागि परेका मुद्दामध्ये १ सय ५ वटाको फस्र्योटसमेत भइसकेको रजिस्टार गिरीले बताए ।
सम्बन्धविच्छेदसँगै अंश माग तथा माना चामलका लागि उजुरी दिनेको संख्या पनि बढिरहेको अदालतले जनाएको छ । अधिकांश मुद्दा वैदेशिक रोजगारमा गएका महिला र पुरुषसँग सम्बन्धित रहेकाले वैदेशिक रोजगारमा जानेको परिवार बिथोलिने क्रम बढ्न थालेको अनुमान गरिएको छ ।

प्रतिक्रिया