सात जनाबाट ९ लाख ठगेर बेपत्ता

बिर्तामोड : वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै झापाको चारपानेका राजेश दाहाल सात जनाबाट नौ लाख ८३ हजार ठगी गरी चार महिनादेखि बेपत्ता भएका छन् ।
पीडितहरूले बिर्तामोडमा पत्रकार सम्मेलन गरी आफूहरूबाट रकम असुलेर दाहाल फरार भएको जानकारी दिएका हुन् । सतासीधाम–१ की लीला कुँवरले साइप्रसमा हाउसमेडको काम लगाइदिने र कमाइ धेरै हुने प्रलोभन देखाएर दाहालले आफूसँग ८० हजार रुपियाँ लगेको बताइन् ।
दाहालले खुदुनाबारी–१ का बलबहादुर खड्काबाट एक लाख ७५ हजार, दमक–१३ का मनोज श्रेष्ठबाट ८० हजार, सुरुङ्गा– ५ का नीरज सुब्बाबाट एक लाख ६८ हजार, सोही ठाउँका रेवत पाठकबाट एक लाख ६० हजार, घैलाडुब्बा–४ का श्यामप्रसाद ओलीबाट एक लाख ६० हजार र सतासीधाम–६ का कुमार माझीबाट एक लाख ६० हजार ठगी गरेको पीडितले बताए । (सौस)

प्रतिक्रिया