देश ध्रुवीकरणतर्फ अग्रसर

Krishnabahadur-Maharaकाठमाडौ, १० चैत । एनेकपा माओवादीका नेता कृष्णबहादुर महराले देशमा राजनीतिक ध्रुविकरण बढ्दै गएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता महराले जातीयताको बिषयलाई लिएर राजनीतिक दलहरुबीच ध्रुविकरण बढ्दै गएको बताएका हुन् । राज्यपुनर्सरचना गर्दा जातीय पहिचान अन्तर्गत गर्ने कि नगर्ने भन्ने बारेमा दलहरुबीच तीब्र मतभेद रहेको उल्लेख गरे ।
मुलुकलाई राजनीतिक अन्यौलता र अस्थिरताबाट निकास दिन निर्वाचनको विकल्प नरहेको भन्दै नेता महराले निर्वाचनकै लागि प्रमुख राजनीतिक शक्तिहरुबीचको सहमतीबाट बर्तमान सरकारको गठन भएको स्पष्ट पारे ।

प्रतिक्रिया