अखिल क्रान्तिकारीद्धारा झापामा तोडफोड

akhil 1झापा, ९ चैत । झापा जिल्लामा एमाओवादी निकट अखिल क्रान्तिकारीले माग गरे अनुसारको चन्दा रकम नपाएको आवेगमा स्कुलको बस र कम्युटरमा तोडफोड गरेर क्षतिपुराई दिएको छ ।
भद्रपुर नगरपालिका–११ स्थित एमरल उच्च माविमा को बस र कम्युटरमा आज विहान करिव सवा आठ बजे अखिल क्रान्तिकारीका विद्यार्थीको समूहले तोफोड गरेर क्षतिपुराएको प्रहरीले जनाएको छ ।
स्कुलमा जवर्जस्ती प्रवेश गरका विद्यार्थीले माग गरे बमोजिमको चन्दा रकम नपाएको भन्दै मे.१ ख ११७० नम्बरको बसको अगाडिको शिशा फुटाई दिएका हुन् । उनीहरुले कार्यालयभित्रको कम्प्युटर १ थान र टेलिफोनमा पनि तोडफोड गरेका छन् ।
विद्यार्थीले स्कुलको दराजबाट कागजपत्रहरु निकाली फालेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न अखिल क्रान्तिकारीका विद्यार्थीको खोजी कार्यजारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया