‘किन समायोजन रोजेको ?’

भक्तपुर, ७ चैत । संयुक्त राष्ट्रसंघका उप महासचिव जेफ्री फेल्टमनले समायोजन रोजेका माओवादी पूर्व लडाकुहरुसंग भेट गरेका छन् ।
तीन दिने नेपाल भ्रमणमा रहेका फेल्टमनले आज नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत क्याडेटको तालिममा सहभागी पूर्व लडाकुहरुसँग भेट गरेको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति मार्फत जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘तालिममा सहभागी लडाकुहरुसंग प्रत्यक्ष छलफल गरेका फेल्टमनले अन्य विकल्प हुँदाहुँदै किन समायोजन नै रोजेको भनि जिज्ञासा राखे ।’
लडाकुहरुले  राष्ट्र र जनताको सेवा गर्ने अमूल्य अवसरको रुपमा सैनिक सेवा रहेकाले आफूहरुले समायोजन रोजेको उपमहासचिव फेल्टमनलाई जवाफ दिएको विज्ञप्तीमा उल्लेख छ ।
उनले लडाकुलाई तालिमको अनुभवका बारेमा समेत जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया