सप्तरीमा निरीक्षकसहित चार निष्काशित

राजविराज : एसएलसी परीक्षामा मंगलबार अमर्यादित कार्यमा संलग्न २ निरीक्षकसहित चार जना निष्काशनमा परेका छन् । जिल्ला अनुगमन टोली र प्रहरी टोलीले उनीहरूलाई निष्काशन गरेको हो ।
परीक्षा हलमा अमर्यादित काम गर्ने महेन्द्र जनता उच्चमावि मानराजा परीक्षा केन्द्रका निरीक्षक नन्दलाल साह र एसएलपी उमावि परीक्षा केन्द्र पत्थरगडाका निरीक्षक प्रमेश्वर मण्डललाई निष्काशन गरिएको शिक्षा कार्यालयले जनाएको छ । उनीहरूलाई आगामी परीक्षामा बस्न नपाउने गरी निष्काशन गरिएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए । यसैगरी, परीक्षामा चिट चोर्दै गरेका महेन्द्र जनता उच्चमावि मानराजा परीक्षा केन्द्रका दुई परीक्षार्थीलाई समेत निष्काशन गरिएको भण्डारीले जानकारी दिए । उनीहरूको मंगलबारको परीक्षा रद्द गरिएको छ । (सौस)

प्रतिक्रिया