बृद्धि भएको भाडा फिर्ता गर्न माग

Nepal-Student-Unioinकाठमाडौं, ५ चैत । सार्वजनिक सवारी साधनमा भएको भाडाबृद्धि फिर्ताको माग गरेर विपक्षी दल सम्बद्ध एघार विद्यार्थी संगठनले राजधानी लगायत मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
अघिल्लो सरकारले सार्वजनिक सवारी साधनमा भाडाबृद्धि गरे पछि फिर्ताको माग गरेर एघार विद्यार्थी संगठनले सडक आन्दोलन गर्दै आएका छन् ।
व्यावसायीको दवावमा सरकारले अबैज्ञानिक तरिकाले भाडाबृद्धि गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले आरोप लगाए ।
उनले भाडाबृद्धिले चौतर्फी मूल्यबृद्धिमा समेत प्रभाव पर्ने भन्दै निर्णय फिर्ता हुनुपर्ने माग गरे ।
विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचन पनि तोकिएकै समयमा गर्न माग गरेका छन् । विद्यार्थी नेताहरुले माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
विद्यार्थी संगठनहरुको प्रदर्शनका कारण राजधानीमा केही समय यातायात व्यवस्था प्रभावित भएको थियो ।

प्रतिक्रिया