लगानी वातावराण नहुँदा पूँजी पलायन

krishnahariकाठमाडौं, ३० फागुन । उद्योगी तथा अर्थविदले देशमा लगानीको वातावरण नहुँदा पूँजी पलायन भैरहेको बताएका छन् ।
मिडिया ईन्टरनेशलनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले लोडसेडिङ, राजनीतिक अन्यौलता, बन्द, सिन्डिकेट, चन्दा आतंक, श्रम समस्याजस्ता कुराले लगानीको वातावरण नभएको बताए । सोही कारण पूँजी पलायन भएको उनीहरुको भनाई छ ।
अहिले पूँजीसंगै उद्यमशिलता पनि पलायन भएको उनीहरुले दाबी गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वाँस्कोटाले पूँजी पलायन बढ्दै गयो भने मुलुकको अवस्था डर लाग्दो हुने बताए । उनले मुलुकमा आयात र निर्यातको असन्तुलन चरम भएको बताए ।
अर्थविद् डा.चिरञ्जीवी नेपालले वार्षिक १० प्रतिशतका दरले पूँजी पलायन भएको बताए । उनले पूँजी पलायनबारे नेपालमा अध्ययन नभएपनि सन् २००२ देखि २०१० सम्ममा ७० अर्ब रुपियाँ देशबाट बाहिरिएको बताए ।

प्रतिक्रिया