२२ वर्ष कान्छी राजेश हमालकी गर्लफ्रेन्ड

Madhu-Bhattaraiकाठमाडौं, ३० फागुन । बमबहादुर हमाल, उर्फ राजेश हमालकी ‘भूमिगत’ प्रेमिकाको तस्बिर एकाएक इन्टरनेटमा छ्याप्छ्याप्ती भएको छ । करिब ७ वर्षदेखि कलिउडका ‘महानायक’सित डेट गरिरहेकी मधु भट्टराई अहिलेसम्म मिडियाबाट छलिँदै आएकी थिइन् ।

नायक हमालको प्रेम प्रसंग लामो समयसम्म सञ्चारमाध्यमको गसिप बन्दै आएको थियो, तर उनकी प्रेमिकाको कुनै पत्तोअत्तो थिएन । आफ्नो प्रेमसम्बन्धको बखान गर्दै आए पनि हमालले प्रेमिकाको पहिचान लुकाएका थिए । विराटनगरकी स्थायी बासिन्दा मधु विगतमा मोडलिङमा सक्रिय रहेको खुलेको छ । यद्यपि, उनी अहिले स्नातक सकेर कामविहीन बसिरहेकी छिन् । उनले हालै एक साप्ताहिकलाई दिएको अन्तर्वार्तामा आफू ग्ल्यामर क्षेत्रमा नभएको बताएकी थिइन् ।
मधुले यसअघि विभिन्न सौन्दर्य प्रतियोगितामा भाग लिएको पाइएको छ । उनले सन् २००२ मा आयोजित मेघा मोडेल कन्टेस्ट र २००४ मा आयोजित लक्स ब्युटी स्टारमा प्रतिस्पर्धा गरेकी
थिइन् । उनले मेघा मोडेल कन्टेस्टमा उनले फस्र्ट रनर अप र पब्लिक च्वाइस अबार्ड जितेकी थिइन् । लक्स ब्युटी स्टारको अन्तिम राउन्डमा राजेश हमाल निर्णायक बनेर पुगेका थिए । त्यहीँ उनीहरूको पहिलो भेट र परिचय भएको हो । प्रतियोगिताको टप ५ मा परेकी मधुको व्यक्तित्वबाट हमाल प्रभावित बने ।
कार्यक्रमपछि हमालको भिजिटिङ कार्ड लिएकी मधुले फोन तथा इमेलबाट सम्पर्क गर्न थालिन् । पहिलेदेखि नै हमालकी फ्यान रहेकी उनले अन्तत: प्रेमप्रस्ताव नै राखिन् । प्रस्ताव राखेको केही महिनापछि मात्र राजेशले ग्रिन सिग्नल दिएको बताइन्छ ।
हमालको उमेर मधुको भन्दा झन्डै दोब्बर छ । लक्स ब्युटी स्टार हुँदा मधुले भरेको आवेदन फारममा उमेर १८ वर्ष र शिक्षा प्लस टु उल्लेख छ । त्यस हिसाबले उनी अहिले २७ वर्षकी भइन् । यता, नेपाली विकिपेडियामा राखिएको सूचनाअनुसार हमालको उमेर ४९ वर्ष हो । (विकिपेडियाअनुसार हमालको जन्म मिति २७ जेठ २०२१ मंगलबार हो भने न्वारनको नाम बमबहादुर हो ।) यद्यपि, वास्तविक उमेर योभन्दा बढी भएको अनुमान गरिन्छ ।
मधु अन्तरजातीय बाबुआमाकी छोरी हुन् । त्यसैले थर भट्टराई भए पनि उनको अनुहार मंगोलियन छ rajesh_hamal_in_400। मधुका बाबुको भने स्वर्गारोहण भइसकेको छ । उनको राशि धनु हो भने उचाइ पाँच फिट ६ इन्च । आफ्नो व्यक्तित्वको मुख्य आकर्षण आँखा भएको उनले आवेदन फर्ममा लेखेकी थिइन् । यस्तै, सपिङ आफ्नो सोख भएको उल्लेख गरेकी छिन् । आफूलाई कुनै सेलिब्रिटीसित साट्न पाए कोसित साट्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिएकी छिन्, ‘जेनिफर लोपेज । किनकि उनी हट, सेक्सी र फेमस छिन् ।’
मधुले मोडलिङलाई एउटा अवसरका साथै मिडियासित अन्तरक्रिया गर्ने माध्यमका रूपमा व्याख्या गरेकी छिन् । आफूले चाहेको तर आफूसित नभएको चिजका रूपमा उनले ‘खुसी र गोपनीयताले भरिएको जिन्दगी’ बताएकी छिन् । आफ्नो आत्मविश्वासलाई नै उनले सेक्स अपिलका रूपमा प्रस्तुत गरेकी छिन् । छालाको स्याहारका लागि प्रशस्त पानी पिउने र कपालको स्याहारका लागि जैतुनको तेल प्रयोग गर्ने उनको भनाइ छ । आफूलाई मित्रवत्, मायालु र खुला हृदय भएको व्यक्तिका रूपमा अरूले चिन्ने मधुले बताएकी छिन् । मोडलिङ करिअरका क्रममा उनले साइबर संसार डट कमका लागि थुप्रै फोटो सुट गरेको पनि भेटिएको छ ।
नजिकबाट
Madhu-Bhattarai-1नाम : मधु भट्टराई
उमेर : २७ वर्ष
उचाइ : ५ फिट ६ इन्च
राशि : धनु
स्थायी घर : विराटनगर
शिक्षा : स्नातक (समाजशास्त्र)
सोख : सपिङ
रुचि : चकलेट, आइसक्रिम

प्रतिक्रिया