‘४८ घण्टा भित्रै नयाँ प्रधानमन्त्री पाउँछौं’

bidhya bhandari1उदयपुर, २९ फागुन । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार रहर भन्दा पनि बाध्यता रहेको बताएकी छन् ।
प्रेस चौतरीले आज उदयपुरमा आयोजना गरेको पत्रकार भेटघाट क्रममा भण्डारीले मुलुकलाई निकास दिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन लागेको बताईन् । ‘निर्वाचकै लागि अन्तिम विकल्पका रुपमा प्रधानन्यायाधीशमा सहमति गरिएको छ,’ उनले भनिन् ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषयमा सबै दलहरु सहमतिमा पुगेको जनाकारी दिदै उनले भनिन्, ‘अबको २४ देखि ४८ घण्टा भित्रमा देशले नयाँ प्रधानमन्त्री पाउँछ ।’
उपाध्यक्ष भण्डारीले नयाँ सरकार र चनावका लागि संवैधानिक समस्या रहेको बताईन् । उनले भनिन्, ‘आगामी जेठ भित्रै निर्वाचनको प्रयत्न गर्दैछौँ । जेठमा नभए मंसिरको दोश्रोहप्ता जुनसुकै हालतमा निर्वाचन हुन्छ ।’

प्रतिक्रिया