‘माओवादीका कारण देशको हालत खराब′

sher deubaकाठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादीका कारण देशले ठूलो आर्थिक भार व्यहोर्नुपरेको बताएका छन् ।

काठमाडौंमा फाल्गुणी संस्थाले आयोजना गरेको ‘लोकतान्त्रिक समाजबाद र बहुदलीय लोकतन्त्र’ नामक कार्यक्रममा बरिष्ठ नेता देउवाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा राज्यले ठूलो रकम खर्च गरेको  उल्लेख गरेका हुन् । ‘माओवादी लडाकुको व्यबस्थापनका लागि अरवौं खर्च भईसक्यो’ नेता देउवाले भने, ‘अझै शान्ति प्रक्रियाले पुर्णता पाएको छैन, माओवादीले गर्दा देशको हालत नै विग्रियो ।

साम्यवादको सपना देखेर जंगल पसेको माओवादी अन्तिममा बहुदल र बहुलबाद स्वीकार्न बाध्य हुनु लोकतन्त्रबादीहरुको जीत भएको नेता देउवाको भनाई थियो । शान्तिपुर्ण बातावरणमा  मात्र लोकतान्त्रिक समाजबाद फस्टाउने उल्लेख गर्दै नेता देउवाले दश बर्ष लामो माओवादीको हिंसात्मक आन्दोलनका कारण लोकतन्त्र कमजोर बनेको टिप्पणि गरे । नेता विमलेन्द्र नीधिले कांग्रेसले लोकतन्त्रमा कसैसंग सम्झौता नगर्ने स्पष्ट पारे । उनले पछिल्लो समय लोकतन्त्रमा ग्रह लागेजस्तो देखिएपनि भविष्य भने लोकतन्त्रवादीकै भएको दावी गरे  । यस्तै नेता बलबहादुर केसीले आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने नेताहरुको प्रवृत्तिले लोकतन्त्र कमजोर अवस्थामा पुगेको बताए । कार्यक्रममा कांग्रेस नेता डा. शसांक कोइराला, एनपी साउँद, मीन विश्वकर्मा, कल्याण गुरुङ लगायतका नेताहरुले लोकतन्त्र कमजोर बनाउने कुनै पनि सम्झौतामा नलाग्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया