‘प्रधानमन्त्री अरुलाई बनाउन लडेका होइनौं’

sujataकाठमाडौं, २४ फागुन । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन आफूहरु नलडेको बताएकि छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि मात्रै लडेको बताईन् । उनले भनिन्, ‘लोकतन्त्रका लागि अहिलेसम्म लडेर सरकारको नेतृत्व प्रधान्यायाधीशलाई दिए सबै खेर जान्छ ।’
उनले प्रजातन्त्रलाई बुझाएर किन प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन लागेको हो आफूले बुझ्न नसकेको बताईन् ।
एमाओवादी निकट अनेमसंघ क्रान्तिकारीकि संयोजक सीता पोखरेलले प्रधानन्यायाधीशलाई जेठमा निर्वाचन गर्ने गरी छोटो अवधीका लागि सरकारको नेतृत्व दिनै पर्ने बताईन् ।

प्रतिक्रिया