काठमाडौं : स्ट्यान्डर्ड चार्टर्ड समूहले लगातार १० वर्ष आम्दानी, नाफा र लाभांश वृद्धि गरेको जनाएको छ । विश्वका विभिन्न गतिशील अर्थतन्त्रमा आफ्नो उपस्थिति जनाएको समूहले २६ बजारमा १० करोड अमेरिकी डलर आम्दानी गरेको छ ।
समूहले आम्दानी आठ प्रतिशतले बढेर १९ अर्ब रुपियाँ रहेको छ । समूहको ५० प्रतिशतभन्दा बढी आम्दानी थोक बैंकिङबाट हुने गरेको छ भने मध्यम वर्ग बढी रहेको अर्थतन्त्रबाट भने खुद्रा बैंकिङ गरेर आम्दानी गरेको छ । समूहको थोक बैंकिङबाट ११ अर्ब ७८ करोड, खुद्रा बंैकिङबाट सात अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको हो ।
समूहका अध्यक्ष सर जोन पिसले थोक र खुद्रा बैंकिङ दुवैमा विशेषगरी अफ्रिका र चीनको बजार विस्तार भएको बताए । चीनको व्यवसाय र अफ्रिकाको थोक बंैकिङ व्यवसायबाट समूहले पहिलोपटक एक अर्बभन्दा बढी आम्दानी गरेको छ । हङकङ, इन्डोनेसिया, मलेसिया र अमेरिकी देशहरू, संयुक्त अधिराज्य र युरोपेली क्षेत्रमा पनि आम्दानीको वृद्धिदर १० प्रतिशतभन्दा बढी रहेको उनले जानकारी दिए । समूहको सञ्जालभित्रको अन्तर क्षेत्रीय व्यापार र लगानीको वृद्धि दर पनि अत्यन्त बलियो रहेको उनले बताए । स्ट्यान्डर्ड चार्टर्ड बैंैंक विश्वकै राम्रो मध्येको एक व्यापार गर्ने बैंक रहेको र कुल विश्व व्यापारको पाँच प्रतिशत स्ट्यान्डर्ड चार्टर्डले ओगेटेको छ । बैंकले व्यापार आम्दानीमा २२ प्रतिशतले वृद्धि गरेर दुई अर्ब पुर्याएको छ ।
प्रतिक्रिया