सहमति दिल्लीमा भएको होः विजुक्छे

Narayanman-Bijukchheराजविराज, २१ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राजनीतिक अन्यौलतालाई अन्त्य गर्न राष्ट्रपतिले नै मुलुक सञ्चालनको जिम्मा लिनु पर्ने वताएका छन् ।
राजविराजमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा विजुक्छेले प्रधानमन्त्री बाबुराम भट्टराई स्वयम्ले राष्ट्रपतिलाई राजनीतिक निकासका लागि आग्रह गर्नु पर्ने वताए ।
प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने सरकारले मुलुकलाई अप्ठ्यारोमा पुराउने उनको भनाई छ । ठूला दलका नेता आफू र आफ्ना नातेदार मन्त्री नबन्ने चिन्ताले राष्ट्रपतिलाई मुलुक सञ्चालनको जिम्मा दिन नचाहेको उनले आरोप लगाए ।
प्रधानन्यायाधीशलाई सरकार प्रमुखको जिम्मेवारी दिने कुरा गत मंसिरमै दिल्लीमा सहमति भएको अध्यक्ष विजुक्छेले दाबी गरे । उनले भने, ‘न्यायाधीशहरुको अन्तर्राष्ट्रिय गोष्ठीमा खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिने सहमति भएको हो ।’

प्रतिक्रिया