देशदौडाहबाट निकास आउँदैनः सापकोटा

agni-sapkotaकाठमाडौं, २० फागुन । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले कांग्रेस–एमालेका नेताहरुको देश दौडाहाले मुलुकलाई निकास नदिने बताएका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले चुनावी सरकारका बारेमा प्याकेजमै सहमति खोज्ने समयमा कांग्रेस–एमालेका नेताहरु राजधानी बाहिर गएर सहमति नचाहेको हो कि भन्ने आशंका जन्माएको बताए । ‘प्याकेजमै सहमति खोज्न छलफललाई तिव्रता दिने बेला उहाँहरु देशदौडाहामा जानु भएको छ,’ उनले भने, ‘यसरी त निकास आउँदैन ।’
प्रवक्ता सापकोटाले कांग्रेस–एमालेले वर्तमान सरकारलाई मात्रै विस्थापन गर्ने योजना रहेको आरोप लगाए । उनले भने, ‘जिम्मेवार भएर सहमति खोज्ने हो भने जेठ भित्रै निर्वाचन सम्भव छ ।’

प्रतिक्रिया