नेविसंघ र एमालेवीच धादिङमा झडप

nepal student uniyanधादिङ, २० फागुन । धादिङको सदरमुकाम धादिङवेसीमा आज नेविसंघ र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा झण्डै ६ जना घाइते भएका छन् ।
आफ्ना कार्यकर्ता कुटपिट गर्ने एमालेका दोषी कार्यकर्तालाई कारबाहीको माग गरेर नेविसंघले सदरमुकाम बन्द आह्वान गरेको हो । बन्द सफल बनाउन हिँडेका नेविसंघ र एमालेका कार्यकर्ताबीच झडप भए पछि केही समय सदरमुकाममा तनावपूर्ण भएको थियो ।
आक्रोशित प्रदर्शनकारीले सडक किनारमा रोकिराखेका तीन वटा सवारी साधन र एउटा होटलमा समेत तोडफोड गरेर क्षति पुराई दिएका छन् ।
फागुन १८ गते एमाले धादिङको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन आएका युवाले नेविसंघका कार्यकर्तालाई आक्रमण गरेका थिए । आक्रमणबाट श्रीकृष्ण भण्डारी र न्यूटन श्रेष्ठ घाईते भएको विरोधमा आज नेविसंघले धादिङबेसी बन्द आह्वान गरेको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको जनाएको छ ।

प्रतिक्रिया