राष्ट्रपति र अध्यक्ष दाहालबीच भेटबार्ता

काठमाडौं, २० फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको तयारी भईरहेका बेला राष्ट्रपति डाक्टर रामवरण यादव र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा चुनावी सरकारको तयारी र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको हो ।
दलहरुबीच भएको संवाद र चुनाव अघि बाधा अड्काउ फुकाउने विषयमा भएका प्रगतिका बारेमा समेत डा.यादव र अध्यक्ष दाहालबीच कुराकानी भएको स्रोतले जनाएको छ ।
राष्ट्रपति डा.यादवले दलहरुले अझैसम्म पनि सहमति गर्न नसकेको र राजनीतिक गतिरोध लम्विदै गएकोमा चिन्ता समेत जनाए ।
अध्यक्ष दाहालले संविधानका बाधा अड्काउ फुकाउका विषयमा दलहरुले चाँडै नै सहमति गर्ने आश्वासन दिए ।
प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने विषयमा चौतर्फी विरोध भईरहेका बेला प्रमुख चार राजनीतिक शक्तिले सरकार गठनको अन्तिम तयारी गर्दै आएका छन् ।

प्रतिक्रिया