पूर्वकर्णेल कुशवाहाको घरमा रक्तचन्दन

rakta-chandanवीरगञ्ज, १९ फागुन । बारा जिल्लामा प्रहरीले नेपाली सेनाका पूर्वकर्णेल प्रेमचन्द्र प्रसाद कुशवाहाको घरबाट झण्डै ५० लाख रुपियाँ मूल्य बराबरको रक्तचन्दन बरामद गरेको छ ।
शुक्रबार राती प्रहरीले सो रक्तचन्दन बरामद गरेको हो । रक्तचन्दनसहित एक जना तस्कर पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा उचिडिह–९ का ४८ वर्षीय प्रमानन्दप्रसाद जयसवाल रहेका छन् ।
सुराकीका आधारमा गोलागञ्ज–४ बाट पूर्वकर्णेल कुशवाहाको गोठमा राखिएको ८५ क्विन्टल रक्तचन्दन बरामद गरेको सशस्त्र प्रहरीका निरीक्षक वीर भद्रनाथले जानकारी दिए । पूर्वकर्णेल कुशवाहा काठमाडौंमा बस्दै आएका छन् ।

प्रतिक्रिया