रोकिएन बलात्कारको श्रृंखला

Balatkar 4उदयपुर, १७ फागुन । आठ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
सुन्दरपुर–२ बस्ने १८ बर्षका मोहम्मद मफुजल मियाले बुधबार आफ्नै छिमेकी आठ बर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलात्कारी मियाले साँझ स्थानीय त्रियुगा खोलाको किनार नजिक बालिकालाई बलात्कार गरेका थिए । स्वास्थ्य परीक्षणको लागि पीडित बालिका र अभियुक्तलाई बेल्टार लगिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । पछिल्ला समय बालिकाहरुसमेत बलात्कारको शिकार भईरहेका घटनाहरु देशव्यापी रुपमा बढ्दै गएका छन् ।

प्रतिक्रिया