कैलाली : कमाईका लागि बाबु विदेसिएसँगै आमाले अर्कै विविवाह गरेपछि आकाश गैरालको बिचल्ली भएको हो ।
कञ्चनपुर रैकवारबिचवा–५ शान्तिपुरकी २० वर्षीया बेलुदेवी गैराल बोहरा काखको दुधे बालकलाई छाडेर दोस्रो विविवाह गरेर गएपछि आकाश टुहुरा भएका छन् । स्थानीय २४ वर्षीय रमेश रोकायासँग बेलुदेवीले प्रेमविविवाह गरेकी हुन् ।
बेलुले ३ फागुनमा भागेर रमेशसँग विविवाह गरेकी हुन् । पति गणेश गैराल दुई वर्षदेखि रोजगारीका सिलसिलामा मलेसियामा छन् । बेलुले पतिले मलेसियाबाट पठाएको तीन लाख रुपियाँ र तीन तोला सुन पनि लिएर गएको ससुरा इन्द्रबहादुरले बताए ।
‘नाबालक दुधे छोरालाई मात्र बिचल्लीमा पारिन,’ इन्द्रबहादुरले भने, ‘पराइको मुलुकमा दुई वर्षसम्म पतिले मजदुरी गरेर कमाएको पैसा पनि लिएर गई बुहारी ।’ मलेसियाबाट गणेशले भने, ‘बाबुआमाको भन्दा पत्नीको विश्वास गरेर घरपरिवार छाडेँ तर धोका पाएँ ।’ पत्नीले अर्को विविवाह गरेपछि गणेश पनि बिलखबन्दमा परेका छन् । उनले भने, ‘घरमा छोराको बिचल्ली छ फर्क भनेर खबर आइरहेको छ तर कम्पनीले बिदा दिँदैन ।’ दुधे छोरा अलपत्र छाडेको, पैसा र सुन लगेको भनेर बिचवा प्रहरी चौकीमा उजुरी गरे पनि प्रहरीले ४ फागुनमै उनीहरूलाई छाडेको ससुरा इन्द्रबहादुरले गुनासो गरेका छन् । विवाहित जोडी गाउँबाट बेखबर छ ।
गणेश र बेलुको चार वर्षअघि गाउँमै मागी विविवाह भएको हो । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी बिर्खबहादुर रावलले यस घटनाबारे कुनै जानकारी नआएको बताए ।
प्रतिक्रिया