दुबईबाट फर्केर अस्पतालमा

Balatkarकाठमाडौं : युवतीलाई गैरकानुनी ढंगले दुबई लगी शारीरिक शोषणमा संलग्न गराउने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धनकुटा आँखीसल्ला–६ का २९ वर्षीय नवीन दाहाल र गौशालाका २६ वर्षीय वीरेन्द्रबहादुर साह रहेका छन् ।

उनीहरूले जावलाखेलस्थित एक डान्स रेस्टुरेन्टकी डान्सर २२ वर्षीया सुष्मा सोनालीलाई गैरकानुनी प्रक्रियाबाट दुबई लगेका थिए । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट पक्राउ गरिएका उनीहरूले सुष्मालाई मासिक एक लाख ६० हजार रुपियाँ पाउने प्रलोभन दिँदै भारतको दिल्लीबाट दुबइ पुर्‍याएका थिए ।
सुष्मालाई दुबईको इस्टोरिया होटलको सुर संगम रेस्टुरेन्टमा डान्स गर्ने भनिए पनि त्यहाँ भने लगिएन । प्रहरीका अनुसार सुष्मालाई दुबईको अर्कै रेस्टुरेन्टमा जबरजस्ती काम गर्न लगाइयो । नेपाल फर्कने भन्दा उनलाई शारीरिक यातना दिइयो । प्रहरीका अनुसार उनलाई रेस्टुरेन्ट मालिकले प्रत्येक ग्राहकसँग यौनसम्बन्ध राख्न दबाब दिने गथ्र्यो । मालिकको आदेश पालना नगर्दा उनलाई चिसो कोठामा बन्द गरिन्थ्यो । लामो समयदेखि चिसो कोठामा राखिएकी सुष्माको कम्मरभन्दा तलको भाग नचल्ने भएपछि नेपालस्थित परिवारका सदस्यलाई खबर गरिएको थियो ।
सुष्मालाई तल्काल फर्काउन नेपालस्थित दलालसँग आग्रह गर्दा दुबई जाँदा बखत लागेको भाडा असुल नहुँदासम्म फर्काउन नमिल्ने भनेका थिए । पछि दलालहरूले पीडित परिवासँग पहिलो चरणमा ५० हजार रुपियाँ मागेका थिए । त्यसले पनि नपुग्ने भनेपछि एक लाख रुपियाँ माग भएको थियो । केहीसिप नलागेपछि पीडित परराष्ट्र मन्त्रालय पुगेका थिए । परराष्ट्रको पहलमा सुष्मालाई दुबईमा भेटिँदा अचेत अवस्थामा थिइन् । प्रहरीका अनुसार उनको शरीरको तल्लो भाग चल्दैन । महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थले भने, ‘दुबईमा सुष्मा भेटिँदा बेहोस थिइन्, उनको शरीरको कम्मरभन्दा तलको भाग चल्दैन । बुझ्दा शारीरिक यातनाका कारण यस्तो भएको देखियो ।’ (सौस)

प्रतिक्रिया