छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

morangमोरङ, १६ फागुन । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा शनिश्चरेका खड्कबहादुर मगरलाई प्रहरीले प्रक्राउ गरेको छ ।
मादकपद्धार्थ सेवन गरेका मगरले बिहीबार दिउँसो आफ्नै ८ बर्षिया छोरीलाई बलात्कार गरेको घटना थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । आफ्नै बुवाबाट बलात्कृत बालिकाको स्वास्थ्य परिक्षणको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा पठाएको छ ।
संरक्षण गर्नुपर्ने बुवाबाट नै छोरीहरु बलात्कार भएका घटनाहरु समाजमा बढ्नुले महिला सुरक्षामा गंभिर चूनौती थपिएको भन्दै महिला अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया