तालिबानी नेता मारिए

काबुल : अफगानिस्तानको राजधानीदेखि काबुलदेखि ४५० किलोमिटर दक्षिणमा पर्ने कानदाहार प्रान्तमा अफगान र नेटो सेनाले तालिबानीविरुद्ध जारी राखेको कारबाहीका क्रमको एक स्थानीय तालिबानी नेताको मृत्यु भएको छ । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले अफगानिस्तानको कानदाहार प्रान्तमा जारी राखेको कारबाहीको क्रममा अब्दुल बाँकी नामका ती तालिबानी नेता नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले जनाएको छ ।
अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिबानीविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको छ । सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा यसअघि नै सबै देशले गरिसकेका छन् । तर, पछिल्लो समयमा नेटो तथा अफगान राष्ट्रिय सैनिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको पाइएको छ । त्यसैगरी, दिनहुँजसो तालिबानीले बम विस्फोट गराई सर्वसाधारण नागरिकको पनि हत्या गर्ने गरेका छन् । (सिन्ह्वा)

प्रतिक्रिया