हिमालयन शेर्पा उदयपुर फाइनलमा

udayapur-goldcupउदयपुर, २४ माघ : हिमालयन शेर्पा क्लब उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशको क्रममा हिमालयनले सरस्वती क्लब, काठमाडौंलाई ३–० ले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित रहेको खेलमा हिमालयनले तीनवटै गोल १० मिनेटको अन्तरमा गरेको थियो । ७५औँ मिनेटमा स्यामुयल मुम्बाराले हिमालयन शेर्पाका लागि पहिलो गोल गरे । होप र्‍यालीले ८१ र ८५औँ मिनेटमा दुई गोल गरे । खेलमा पहिलो गोल गरेका मुम्बारा म्यान अफ द म्याच घोषित भए । फाइनलमा हिमालयन शेर्पाले थ्री–स्टार र एपिएफ क्लबबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

सरस्वतीका अनिल थापाले नियमित समयको अन्तिम मिनेटमा रातो कार्ड पाए । अनिल प्रतियोगितामा रातो कार्ड पाउने पहिलो खेलाडी हुन् । अनिलले पाएको रातो कार्ड गोल्डकपकै पहिलो रातो कार्ड हो ।
यता सरस्वतीका प्रशिक्षक विकास थापाले आफ्ना महत्त्वपूर्ण विदेशी खेलाडी नहुँदा खेलमा हार बेहोर्नु परेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया