साथीहरु बहुत रिसाएका थिए, (धम्की) दिए होलान्

angkaji-sherpa

साँघुमा आएको समाचारको विषयमा तपाईंको भनाइ के छ ?
त्यो मेरो चरित्रहत्या गर्न लेखिएको समाचार हो । समाचार लेख्ने गोपाल बुढाथोकी त मेरो साथी नै हो । म उसलाई राम्रोसँग चिन्छु । त्यो एमालेको मान्छे हो । त्यही भएर त्यस्तो गरी समाचार लेखेको हो ।
चरित्रहत्या गरेको भन्नुभयो, मानहानीको मुद्दा हाल्नुहुन्छ त ?
त्यस्ता थोत्रे पत्रकारको पछाडि लागेर नि हुन्छ ? तिनीहरूले त जे पनि लेख्छन् नि । तिनीहरूका समाचार कस्ता हुन्छन्, जनताले बुझेका छन् नि । त्यही भएर कतै जान आवश्यक ठानिनँ ।
भनेपछि समाचार गलत नै हो ?
हो नि, त्यो समाचारलाई महासंघको जर्मनी, बेल्जियम र अमेरिका शाखाले त खण्डन पनि गरिसकेका छन् । म चुरोट, पान पनि नखाने मान्छेले कसरी रकम खान्छ भनेर उनीहरूले खण्डन गरेका छन् ।
आज त गोपाल बुढाथोकीलाई ज्यान मार्ने धम्की आएछ विदेशबाट, तपाईंलाई केही थाहा छ ?
हो र ? मलाई त थाहा भएन । गरे पनि होलान् साथिहरूले, सबै रिसाएका थिए । मसँग समाचारको विषयमा कुरा हुँदा उनीहरु गोपालसित खुब रिसाएका थिए ।
तपाईं फेरि विदेश जाँदै हुनुहुन्छ, हो ?
हो । म भोलि बुधबार एक महिना १५ दिनका लागि विदेश यात्रामा जाँदै छु । धेरैवटा देशमा जाने कार्यक्रम छ ।

आङकाजीको फेसबुक स्टाटस
लाखौँ रुपियाँ घुस खाएर प्रतिष्ठित व्यक्तिहरूको चरित्रहत्या गर्ने, पहिचानविरोधी एमाले र कांग्रेसका ब्राह्मणवादी केही पत्रकारहरूको चरित्र हो । आदिवासी जनजातिको आन्दोलनलाई बदनाम गराउन र मेरो चरित्रहत्या गर्न उद्देश्यले पहिचानविरोधी एमाले निकट ब्राह्मणवादी पत्रकारले मेरो चरित्रहत्या गर्न प्रकाशन गरेको समाचारमा कुनै सत्यता नभएको कुरा स्पष्ट गर्न चाहन्छु ।
आदरणीय बाहुन तथा खस क्षत्री मित्रहरू †
१. मैले कहिले पनि बाहुन, खस क्षत्रीलाई काटेर रगत चाट्छु नभनेको कुरा स्पष्ट पार्न चाहन्छु । म कुनै जात, भाषा, धर्म तथा समुदायको विरोधी होइन ।
२. विभिन्न दलहरूमा रहेको आदिवासी जनजाति नेताहरू आफ्नो स्वार्थका लागि आदिवासी जनजातिको पहिचान र अधिकारको विपक्षमा बोल्छ भने त्यस्ता नेताहरूको जिब्रो थुतेर भुस्याहा कुकुरलाई खुवाउँछु भनेको कुराचाहिँ शतप्रतिशत सत्य हो ।
३. म त उत्पीडित उपेक्षित आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगलाई पनि समान अधिकार दिएर समतामूलक समृद्धशाली नेपाली समाज निर्माणको अभियानमा संर्घषरत छु ।
४. वार्गीय रूपमा उत्पीडनमा परेका बाहुन, आर्य, खस र क्षेत्रीको मुक्तिका लागि यो आङकाजी शेर्पा किसानको तन, मन र धन दिन तयार छु ।
पहिचानविरोधी एमाले र कांग्रेसको ब्राह्मणवादी केही पत्रकारले लाखौँ रुपियाँ घुस खाएर प्रतिष्ठित व्यक्तिहरूको चरित्रहत्या गर्न विगतमा पनि कपोलकल्पित निराधार समाचार प्रकाशन गर्ने गरेकोबारे आमन्यायप्रेमी जनसमुदाय र मेरा सम्पूर्ण मित्रहरूलाई जगजाहेर नै छ र जानकारी भएकै कुरा हो ।
महिनाको मात्र ५ हजार तलब खाने पहिचानविरोधी एमाले र कांग्रेसको ब्राह्मणवादी केही पत्रकारहरू लाखौँ रुपियाँ पर्ने मोटरसाइकल चढ्ने, ८० हजार पर्ने आइफोन, ल्यापटप प्रयोग गर्ने र महिनाको १० हजार भाडा पर्ने घरमा विलासी जीवन कसरी बिताउन सकिन्छ ? कुरा दिनको १२ बजेको घामजस्तै छर्लंग छ । धन्यवाद †

प्रतिक्रिया