दीपेशसँग विकासको हार

apf-badmintonकाठमाडौं , २२ माघ । नवौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता तथा पाँचौं एपिएफ खुला लनटेनिस प्रतियोगिता अन्तर्गत सञ्चालित ब्याडमिन्टन पुरुष एकलतर्फको खेलमा एपिएफका रत्नजित तामाङ र दीपेश धामी फाइनलमा प्रवेश गरे । रत्नजितले एनपिसीका साजनकृष्ण ताम्राकारलाई २१–१४ र २१–१४ ले तथा दीपेशले भोजपुरका विकाश श्रेष्ठलाई २१–१६, १८–२१ र २२–२० ले पराजित गरे ।

महिला एकलमा एपिएफका सविना पन्थी र नेपाल आर्मी क्लबका सरादेवी तामाङ फाइनलमा प्रवेश गरे । सविनाले एपिएफकै शिक्षा श्रेष्ठलाई २१–१० र २१–१४ ले तथा सरादेवीले एपिएफका नङशलादेवी तामाङलाई २१–१५ र २१–१४ ले पराजित गरे ।
यसैगरी, यु–१७ पुरुष एकलमा एपिएफका दीपेश धामी र सुमन लिम्बू फाइनलमा प्रवेश गरे । महिलामा एपिएफका शिक्षा श्रेष्ठ र नेपाल आर्मी क्लबका श्रेया प्रधान फाइनलमा प्रवेश गरे ।
यसैगरी पुरुष युगलमा एपिएफका रत्नजित तामाङ र विशाल प्रधानको जोडी फाइनलमा प्रवेश गर्‍यो । उनीहरूको भिडन्त एपिएफकै पंकज चन्द र इन्द्र महतासँग हुनेछ । यसैगरी महिला युगलमा एपिएफका नङसलादेवी तामाङ र पूजा श्रेष्ठ फाइनलमा प्रवेश गरे । फाइनलमा उनीहरूले एपिएफकै सविना पन्थी र सम्झना खालिङसँग खेल्नेछन् ।
यसैगरी मिक्स डबलमा एपिएफका रत्नजित तामाङ र नङसलादेवी तामाङ तथा एपिएफकै पूजा श्रेष्ठ र इन्द्र महता फाइनलमा प्रवेश गरे ।
जितेन्द्र र कुमारलाई अग्रता
टेनिसको युगलमा कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले उपाधि जितेको छ । आइतबार भएको फाइनलमा कुमार र मिलानको जोडीले कमल भण्डारी र मिलन रोकायको जोडीलाई ७–६ र ६–० ले पराजित गरेको हो ।
यसैगरी मिक्स डबलतर्फ श्रीराम मगर र मालिका राणाको जोडीले उपाधि जित्यो । फाइनलमा मगर राणाको जोडीले राजेश क्षेत्री र मायंका राणाको जोडीलाई ६–१ र ६–२ ले पराजित गरेको हो । यसैगरी ३५ वर्षमाथि भेट्रान्स डबलतर्फको खेलमा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडीले हरविन्द्र सिंह र रामेश्वर थापाको जोडीलाई ६–३ र ६–१ ले तथा श्रीराम मगर र मनोज राणाको जोडीले दुर्गाबहादुर कुँवर र सानु लामाको जोडीलाई ६–३ र ७–६ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया