बाबुले छोरीलाई बाँकी राखेनन्…

Balatkar 4रोल्पा, १७ माघ । रोल्पाको जंकोट–६ बस्ने ३५ वर्षीय राजबहादुर वलीले आफ्नै माहिली छोरीलाई बलात्कार गरे पछि प्रहरीले पक्राउ गरेको छ ।
वलीले गत पुस–१८ गते बिहान घाँस काट्न गाउँ नजिकैको गैराखुटी जंगलमा गएको बेला आफ्नै १५ वर्षीया माहिली छोरी रमिला वली (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । छोरीलाई करणी गर्ने क्रममा स्थानीयले देखेपछि गाउँमा हल्लीखल्ली मच्चिएको थियो ।
छोरी करणी गरेको अभियोगमा उजुरी परे पछि वलीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले गत पुस–२९ गते घरबाट पक्राउ गरेको हो ।
वलीलाई हाडनाता करणी सम्बन्धी मुद्दा दर्ता गरी पुर्पक्षका लागि रोल्पा जिल्ला कारागारमा राखिएको छ । वलीको परिवार विगत ७ वर्षदेखि भारतको सिम्लामा बस्दै आएको छ । भारतमा रहँदा पनि वलीले जेठी छोरीसँग यौन सम्पर्क राखेको बयान दिएका छन् ।
‘सिम्लामा बस्दा जेठी छोरी समय समयमा मूर्छा पर्ने समस्यामा थिई, त्यसपछि स्थानीय वैद्यले उनलाई तन्त्रमन्त्र गरेदेखि राम्रो भयो, मैले पनि उसलाई बारम्बार यौन सम्पर्क गरेँ,’ वलीले बयानमा भनेका छन् । जेठी छोरी हाल उतै नेपाली केटासँग विवाह गरेर बसेकी छन् ।
उनले माहिली छोरीलाई पाँच पटकसम्म जवरजस्ती करणी गरेको बयानमा स्वीकारेका छन् ।

प्रतिक्रिया