आन्दोलन अब पछि फर्कदैन

ktm-bipakshi-dalकाठमाडौं, १६ माघ । सरकार विरुद्ध आन्दोलनमा उत्रिएका कांग्रेस, एमालेसहितका विपक्षी दलहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् ।
सरकार विरोधी विपक्षी दलहरुको जुलुससहितको प्रदर्शन शहीद गेटमा पुगेर सभामा परिणत भएको थियो । विरोध सभामा बोल्ने नेताहरुले एमाओवादी नेतृत्वको सरकार स्वयच्छाचारी र निरंकुश भएका कारण आन्दोलनमा उत्रिनु परेको दाबी गरे । उनीहरु आन्दोलनबाट बाबुराम भट्टराई नेतृत्वको सरकार हटाई छाड्ने चेतावनी दिए ।
एमाले नेता केपी ओलीले एमाओवादीको सर्वसत्तावाद विरुद्धको आन्दोलन अब नरोकिने बताए । उनले भने, ‘आन्दोलन अगाडि बढीसकेको छ, पछि हट्ने अवस्था छैन ।’
उनले भट्टराई सरकार हरेक कोणबाट गन्हाईसकेको बताए । ‘बाबुरामलाई सरकारबाट हटाउने,’ उनले भने, ‘एमाओवादीलाई थुप्रै ठाउँबाट हटाउनु पर्ने जिम्मेवारी पनि आएको छ ।’
कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले विपक्षीहरुको आन्दोलन सत्ताका लागि नभएको बताए । उनले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि दवाव दिन विपक्षीहरुले आन्दोलन गरेको बताए ।
उल्लेख्य कार्यकर्ता सडकमा ओरालेका विपक्षी दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी र मधेसी मोर्चा विरुद्ध पनि नारावाजी गरेका थिए ।

प्रतिक्रिया